Odapalika - The Fourth Estate - चौथो अंग
नदीमा डुबरे सखुवानन्कारकट्टी गाउँपालिकाका १४ वर्षीय धनश्यामको निधन 

सिरहा । सखुवानन्कारकट्टी गाउँपालिका- ३ स्थित परीयारपुरका शिवकुमार यादवका छोरा १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन्। 

सोमबार बिहान नुहाउने क्रममा उनी डुबेको प्रहरीले जनाएको छ। बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहित खोजतलासमा तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नं ७ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए। 

बलान नदीको पानी धमिलो हुनुका साथै बगेर आउने बालुवाको थुप्रोले खोजीमा कठिनाइ उनले बताए। नदीको बहाव, पानीको गहिराइ र जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले प्रदेश कार्यालय बर्दिबासमार्फत गोताखोर टोलीको माग गरेको थियो। टोली मंगलबार बिहान मात्र घटनास्थलमा पुग्ने जनाइएको छ। 

नदीले बालकलाई बगाएर भारतीय सीमा पार गराएको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय सुरक्षाकर्मीसँग समन्वय गरिरहेको भण्डारीले बताए।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update