Odapalika - The Fourth Estate - चौथो अंग
हल्दिबारी गाउँपालिकामा हात्ती आतंक, मध्यरातमा स्थानीयको उठिवास

झापामा गएराति जंगली हात्तीले पाँचवटा घर भत्काएका छन्।

गएराति साढे १२ बजे हल्दिबारी गाउँपालिका ३ बाघडाँडा गाउँमा आएका तीनवटा जंगली हात्तीले तीनवटा घरमा क्षति गरेको प्रहरीले जनाएको छ।

ती हात्तीले स्थानीय निमाई बाँनियाको टिनको छाना तथा टिनको घेराबेरा भएको घर र खरको छाना र टिनको घेराबेरा भएको भान्साघर भत्काएका छन्।

त्यसैगरि सोही ठाउँका हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटीबेरा भएको भान्सा घर पनि हात्तीले भत्काएको छ।

त्यसैगरि हल्दिबारी गाउँपालिका २ भेलागुडी सिमसारमा मा पनि जंगली हात्तीले खेम गौतम र नरेश खड्काको टिनको छाना र बासको टाटिबेरा भएको घर भत्काएको छ।

हात्तीले घरहरु भत्काउँदा झण्डै डेढ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

बिहानीपख ती हात्ती नेपाल प्रहरी र स्थानीयको सहयोगमा जंगल तर्फ पठाइएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update