Odapalika - The Fourth Estate - चौथो अंग
बागलुङ नगरपालिका कालाखोला बगरको पहिरो पन्छाइयो, खुल्यो कालिगण्डकी करिडोर 

गलकोट (बागलुङ) । चट्टानसहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनपछि सञ्चालानमा आएको छ । बागलुङ नगरपालिका–१३, कालाखोला बगरमा शनिबार अविरल वर्षाका कारण पहिरो खस्दा करिडोर अवरुद्ध भएको थियो । 

सडक करिडोर आयोजना तथा निर्माण व्यवसायीको अवरुद्ध सडकमा यातायात सञ्चालन सुरु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

पहिरो खुलाउनका लागि आइतबारबाटै थाले पनि ठूलो पहिरो भएकाले मंगलबार दिउँसोबाट सवारीसाधन चल्नेगरी सडक सञ्चालनमा ल्याइएको उनले बताए । ठूला मालबाहक सवारी सञ्चालनका लागि थप चट्टान काट्ने काम समेत भइरहेको उनले बताए । पहिरोका कारण ४० मिटर सडकको ट्रयाक नै परिवर्तन गरेर सडक सञ्चालनमा ल्याइएको हो । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update