
काठमाडौं । सुनसरीको सर्दुखोलाले सतर्कता तह पार गरेको छ । राति सवा ३ बजेतिर मदन–भण्डारी राजमार्गको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन आग्रहर गरिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०८२ ०६:४६
प्रतिक्रिया दिनुहोस्