Odapalika - The Fourth Estate - चौथो अंग
माछा पोखरीमा डुबेर चन्द्रकोट गाउँपालिकाका तुल्सीबहादुरकोे निधन

गुल्मी । माछा पोखरीमा डुबेर गुल्मीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–८, रजाली टोल बस्ने ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

चन्द्रकोट गाउँपालिका–८, रामपुरस्थित स्थानीय बहुउद्देश्यीय कृषक समूहले माछापालन गर्दै आएको पोखरीको डिलमा मंगलबार बेलुकीपख पुरुषको टिसर्ट, पाइन्ट, चप्पल र टोपी देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

उक्त घटनाको जानकारीप्राप्त भएपछि अस्थायी मनसुन प्रतिकार्य सुरक्षा वेश क्याम्पबाट प्रहरी सहायक निरीक्षक विकास परियारको नेतृत्वमा गएको दशजना र प्रहरीचौकी मजुवाबाट प्रहरी सहायक निरीक्षक शिवधन कुडहरियाको नेतृत्वमा गएको पाँचजनाको संयुक्त टोलीले खत्रीको शव डुबेको अवस्थामा पोखरीबाट बाहिर निकालेको थियो । रासस  

 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update