Odapalika - The Fourth Estate - चौथो अंग
बाढीले लोघेकर दामोदरकुण्ड गाउँपालिका जाने मोटरेबल पुलमा पुर्यायो क्षति

मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित ढी–सुर्खाङ खोलामा रहेको पक्की मोटरेबल पुल बाढी पहिरोका कारण क्षतिग्रस्त भएको छ । 

मंगलबार रातिदेखिको मनसुनजन्य प्रभावका कारण लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित ढी–सुर्खाङ खोलामा अचानक आएको बाढीले सुर्खाङ, यारा, घारा र दामोदरकुण्ड जोड्ने सडकको पक्की पुल पूर्ण रूपमा क्षति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यहाँको ध्ये खोलादेखि सुर्खाङ, ढी, यारा, घारा र दामोदरकुण्ड सडकखण्डमा अर्को सूचना जारी नहुँदासम्म सवारीसाधन आवतजावतमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update