Odapalika - The Fourth Estate - चौथो अंग
बाजुराको हिमाली गाउँपालिकामा बाढीले दुईवटा घर बगायो

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा बिच्छ्या खोलाको बाढीले दुई घर बगाएको छ । बुधबार साँझ बेलुकी सात बजेतिर आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापा परिवारको दुई घर बगाएको हो ।

बाढीले झोलुङ्गे पुल र बिच्छ्या माविमा पनि क्षति पुगेको गाउँपालिका वडा नम्बर १ का वडा सचिव सन्जिव चौधरीले जानकारी दिए । उनका अनुसार वडा कार्यालय पनि जोखिममा परेको छ ।

गडगडाउँदै बाढी आएपछि खोला किनारका बासिन्दा भागेर अग्लो ठाउँतिर गएका थिए । पानी परिरहेकाले बाढी अझै बढ्ने र थप क्षति हुनसक्ने आशंकाले स्थानीय त्रसित छन् ।

गाउँपालिकाका जनप्रतिनिधिहरुका अनुसार मानवीय क्षति भने हालसम्म भएको छैन

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update