Odapalika - The Fourth Estate - चौथो अंग
पहिरोले कर्णाली र सहिद राजमार्ग अवरुद्ध

काठमाडौं । बाढी र पहिरोले सहिद राजमार्ग र दैलेख–कर्णाली राजमार्ग अवरुद्ध भएको छ । 

रोल्पाको परिवर्तन गाउँपालिका–१ लिक्याङस्थित घोराही थवाङ सहिद मार्गमा माथिबाट पहिरो आएर सडक अवरुद्ध भएको हो । बिहान ७ बजे गएको पहिरोले सवारी आवागमन ठप्प भएको छ । 

दैलेख–कर्णाली राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ । बिहान ७ : २० बजे दैलेख आठबिस नगरपालिका–५ खिड्की जिउलानजिक कर्णाली राजमार्गमा वर्षाका कारण माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो । 

कर्णाली राजमार्गमा वर्षाका कारण जाक्सी खोलाको बहाव बढ्न गई बाटो पूर्णरुपमा अवरुद्द भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update