Odapalika - The Fourth Estate - चौथो अंग
त्रिभुवन राजपथको पहिरो पन्छाइयो, ज्यामिरेमा ढुंगा खसेर सडक अवरुद्ध

मकवानपुर । मकवानपुरको काठमाडौँ-हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खसेर शुक्रबार रातिदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ । 

गएराति ठूलो ढुङ्गा र रुखसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक शनिबार साँझ पहिरो पन्छ्याएर यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यसैगरी हेटौँडाबाट कुलेखानी हुँदै सिस्नेरी भएर काठमाडौं आउने मार्गको इन्द्रसरोबर गाउँपालिका-३ ज्यामिरेमा शनिबार बिहान ९ः३० बजे ढुङ्गासहित सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरो पन्छ्याउने पहल भइरहे पनि लगातार पहिरो खसिरहेकाले समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update