Odapalika - The Fourth Estate - चौथो अंग
कन्चनरुप नगरपालिकाको पिपरामा करेन्ट लागेर श्रीमान् श्रीमतीकै निधन

राजविराज :  सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन्।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधवप्रसाद काफ्लेका अनुसार शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update