Odapalika - The Fourth Estate - चौथो अंग
घोंगी टिप्न गएकी कृष्णासवरण गाउँपालिकाकी एक वृद्धाको मृत्यु

राजविराज (सप्तरी) । घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा सोमबार एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ ।

सो गाउँपालिका–२, सीतापुरका स्थानीय ७२ वर्षीया सजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरदेखि करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंगी टिप्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी खडक नगरपालिका–६ मा श्रीकृष्णाजन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमै डुबेर सोमबार साँझ एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खडक नगरपालिका–७ बस्ने १८ वर्षीय राजा चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार श्रीकृष्णाजन्मष्टमीको अवसरमा गाउँमा बनाइएको मूर्ति सेलाउन पोखरीमा जाँदा उनी डुबेका हुन् । डुबेर अचेत भएका चौधरीलाई गाउँलेहरूले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update