Odapalika - The Fourth Estate - चौथो अंग
मनहरी गाउँपालिकाको हाङलाङमा किरिया बसेको घरमा चट्याङ,एकको जनाको मृत्यु

मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा मंगलबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाजको सहजताका लागि आएका बेला आज दिउँसो अचानक परेको चट्याङ लागेर स्थानीय ४२ वर्षीय विशाल ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

चट्याङ लागेर स्थानीय १२ वर्षीय बर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र  चितवनको राप्ति नगरपालिका–११ निवासी ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । 

 घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update