
काठमाडौँ : मकवानपुरको मकवानपुरगढी गाउँपालिका- ३ मा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका–३ फुटसल चोकस्थित भित्री सडकखण्डमा मक्राञ्चुलीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ४३ प २०४० नम्बरको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्री सोही ठाउँकी ९२ वर्षीया नन्दकुमारी न्यौपानेको मृत्यु भएको हो।
बुधबार बिहानमोटरसाइकलले ठक्कर दिएर घाइते भएकी न्यौपानेलाई हेटौँडा अस्पतालमा उपचारपछि दिउँसो ३ बजे थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो। पछि उनलाई पुनः हेटौँडामा ल्याइएको थियो। उनलाई बेलुकी ७ः५० बजे चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए।
प्रहरीले मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–३ मक्राञ्चुली बस्ने वर्ष २४ को सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएको जनाएको छ।