Odapalika - The Fourth Estate - चौथो अंग
गोरखाको चुमनुब्री गाउँपालिकाको भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा- उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ ।

चुमनुब्री गाउँपालिका– ६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको हो ।

चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक भन्ने ठाउँको भीरबाट करिब एक सय मिटर तल स्यारखोलामा खसेर उनीहरुको मृत्यु भएको मृतकका आफन्त नुर्बु दोर्जेले बताए । ‘आइतबार चुम्लिङमा विद्युत् समितिको बैठक भएको थियो, बैठकबाट फर्कने क्रममा रिञ्जिन लामा हराउनुभएको थियो, उनको शव आज बिहान गाउँलेले भेटेका थिए’, उनले भने ।

रिञ्जिनको शव हिसेदोर्जेले भेट्टयाएका थिए । उनको शव लिएर लिएर खोलातर्फ जाने क्रममा आज बिहान ९ बजेतिर सोही ठाउँबाट खरेस हिसेदोर्जेको मृत्यु भएको हो ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update