Odapalika - The Fourth Estate - चौथो अंग
चुमनुब्री गाउँपालिकाको सियो गाउँमा आगलागी हुँदा दुईघर खरानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं २ ल्होस्थित सियो गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । 

राती १ बजेतिर आगलागी हुँदा स्थानीय लाक्पा नुर्बु र पेमा छिरिङ लामाको घर जलेर नष्ट भएको वडाअध्यक्ष मिङ्गयुर दोर्जे लामाले बताए । आगलागीबाट दुई वटै घरभित्र रहेको लत्ता–कपडा, गरगहना र अन्नपात पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए ।

घरमा पूजा गर्दा बालेको बत्तीबाट आगो सल्किएको स्थानियको अनुमान छ ।

आगलागीको कारण मानवीय र पशुचौपायको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक धु्रवप्रसाद शर्माले बताए । घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update