चुमनुब्री गाउँपालिकाको रेमुनाङ खोलामा बन्यो ताल, अध्यक्ष भन्छन्– जोखिम देखिएन

 

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिकामा रहेको रेमुनाङ खोला थुनिएर ताल बनेको छ।

गाउँपालिकाको  वडा नम्बर १ साम्दोलार्के बजार पारिपट्टि क्षेत्रमा सुक्खा पहिरो खसेर खोलामा ताल बनेको जानकारी प्राप्त भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । तालबाट पानी बगिरहेकोले तत्काल धेरै जोखिम नदेखिएको जानकारी प्राप्त भएको उनको भनाइ छ ।

रेमुनाङ बूढीगण्डकीको एक सहायक खोला हो। पहिरोले खोला थुनिएर बनेको ताल जुनसुकै बेला फुट्न सक्ने र तटीय क्षेत्रमा असर पर्ने भएकोले सावधानी अपनाउन आग्रह गरिएको उनले बताए ।

गत असोज २५ गते पनि बूढीगण्डकीको चुमतर्फको उङ्गिलुङ–स्यार खोलामा बाढी आएको थियो । सो बाढीले घरटहरा, पुल, सडक, पदमार्गलगायत बगाएको थियो।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update