तिब्बतको सीमाको पालिका, चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ । पर्यटक बोकेको जीप बुधबार नाग्चेतबाट बुढीगण्डकी नदी पारीको सो क्षेत्रमा पुगेको हो ।

बेनिघाट आरुघाट लार्के सडकअन्तर्गत नाग्चेत हुँदै पाङसिङसम्म मोटर चल्छ । तर, मोटरेवल पुल अभावमा नाग्चेत पारी रहेको फिलिममा भने गाडी पुग्न सकेको थिएन । स्थानीय व्यवसायीले बुढीगण्डकीमाथि अस्थायी पुल निर्माण गरेका छन् । नदी किनारबाट फिलिमसम्मको गोरेटो बाटो चौडा गरिएको छ । त्यसैले उक्त क्षेत्रमा मोटर पुग्न सहज भएको हो । चारपाङ्ग्रे सवारीसाधन सहजै आउजाउ हुने गरी अस्थायी पुल निर्माण गरिएको स्थानीय कुमारी गुरुङले बताइन् ।

“पहिले नाग्चेतमा झरेर झोलुंगे पुलहुँदै पैदल आउनुपर्थ्यो”, उनले भनिन्, “अहिले मोटर आउने गरी अस्थायी पुल बनेको छ ।”  

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update