चुमनुब्री गाउँपालिकाले किसानलाई तरकारीको बीउ वितरण गर्ने, नागरिकता नभए नपाइने
मंगलबार, भदौ ९, २०८३
चुमनुब्री गाउँपालिकाले संकलन गर्यो २ करोड राजस्व, तीन वर्षमा कसरी बढी यति धेरै ?
मंगलबार, असार ३०, २०८३
३ वर्षअघि जम्मा ११ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको उक्त गाउँपालिकाले गत आर्थिक वर्षमा १ करोड ४९ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
तिब्बतको सीमाको पालिका, चुमनुब्रीको फिलिममा मोटर पुग्यो
शुक्रबार, चैत १३, २०८२
गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ । पर्यटक बोकेको जीप बुधबार नाग्चेतबाट बुढीगण्डकी नदी पारीको सो क्षेत्रमा पुगेको हो ।
चुमनुब्री गाउँपालिकास्थित ल्होमा पहिरो गएको ५ महिनासम्म मर्मत भएन मनास्लु पदमार्ग
मंगलबार, पुस २९, २०८२
यहाँ पहिरो गएर बाटो बिग्रिएको पाँच महिना भइसक्यो । अब त अर्को टुरिस्ट सिजन पनि सुरु हुन लाग्यो । कहिले बनाउने हो ?’
चिसोले गाउँलेहरू सहर झरे, चुमनुब्री गाउँपालिकाका उत्तरी बस्ती सुनसान
बुधबार, पुस २, २०८२
जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा सहर झर्न थालेका छन् । हिमालपारि रहेको चुमनुब्री गाउँपालिका वडा नं. १ र वडा नं. ७ का बासिन्दा बिगतबर्ष जस्तै अहिले पनि जाडो छल्न धमाधम सहर झर्न थालेका स्थानीयबासीको भनाइ छ ।
पर्यटक शुल्कबाट चुमनुब्री गाउँपालिकाले कमायो ८० लाख ९० हजार
बुधबार, मंसिर १७, २०८२
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने स्वदेशी तथा विदेशी पर्यटकहरुबाट ८० लाख ९० हजार रुपैँया राजस्व संकलन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि कात्तिकसम्ममा उक्त रकम संकलन गरेको जनाएको छ ।
उत्तरी गोरखाबाट सुत्केरी र शिशुको हेलिकप्टरबाट उद्धार
बुधबार, कात्तिक २६, २०८२
उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित आज उद्दार गरिएको हो।
चुमनुब्री गाउँपालिकाको सियो गाउँमा आगलागी हुँदा दुईघर खरानी
बिहीबार, भदौ १९, २०८२
राती १ बजेतिर आगलागी हुँदा स्थानीय लाक्पा नुर्बु र पेमा छिरिङ लामाको घर जलेर नष्ट भएको वडाअध्यक्ष मिङ्गयुर दोर्जे लामाले बताए । आगलागीबाट दुई वटै घरभित्र रहेको लत्ता–कपडा, गरगहना र अन्नपात पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए ।
सुख्खा पहिरोको उच्च जोखिममा चुमनुब्री गाउँपालिकाका २२ घर
शुक्रबार, कात्तिक २४, २०८०
गोरखा सदरमुकामबाट ३ दिनको पैदलयात्रापछि पुगिने गोरखाको चुमनुब्री गाउँपालिका लोक्पागाउँका २२ घर सुख्खा पहिराकोे जोखिममा परेका छन्

