Odapalika - The Fourth Estate - चौथो अंग
धनौजी गाउँपालिकाका पूर्वअध्यक्षको निधन

जनकपुर । धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहको निधन भएको छ । 

लामो समयदेखि अस्वस्थ रहनुभएका सिंहको शुक्रबार निधन भएको हो । उनी संविधान जारी भएपछि २०७४ सालमा पहिलोपटक भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । 

यसैबिच आज उनको अन्त्यष्टि गरिएको छ । यसअघि कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसहितका नेताहरूले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए । 

नेताहरूले पार्टीका पुराना नेता सिंहको निधनले एक समर्पित र अनुभवी नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update