Odapalika - The Fourth Estate - चौथो अंग
गुन्डागर्दीमा सक्रिय गुरुङ पुनः पक्राउ

काठमाडौं । ‘गुन्डा नाइके’ सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले पुनः पक्राउ गरेको छ । काठमाडौंका बालाजु, ठमेल क्षेत्रलाई आधार बनाएर उनी गुन्डागर्दीमा संलग्न थिए ।

आइतबार (असोज १९) उनलाई काठमाडौंकै टोखाबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई पक्राउ गरेको यहाँका एसपी पवन भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार, एक व्यवसायीलाई फोनमार्फत धम्काएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

गुरुङ विभिन्न अपराधका घटनामा पक्राउ पर्दै र छुट्दै आएका व्यक्ति हुन् । प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update