सर्वोच्चमा असोज २८ गतेबाट रिट र निवेदनहरू दर्ता हुने

काठमाडौं । सर्वोच्च अदालतले यही असोज २८ गतेबाट रिट तथा निवेदनहरूसमेत दर्ता खुला गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित फुलकोटको आइतबार बसेको बैठकको निर्णयबाट आगामी मंगलबारबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको हो ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले भदौ २९ बाट बन्दीप्रत्यक्षकरणको मुद्दा मात्र हेर्दै आएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज २७, २०८२ ०६:२४
प्रतिक्रिया दिनुहोस्