Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज हुँदै छ । काठमाडौं जिल्ला अदालतमा महरामाथिको थुनछेक बहस हुन लागेको हो । 

थुनछेक बहसपछि अदालतले महरालाई धरौटीमा छाड्ने अथवा थुनामै राख्ने भन्ने आदेश सुनाउनेछ ।

भेप सुन तस्करी प्रकरणमा महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सीआईबीले उनलाई आइतबार पक्राउ गरेको थियो ।

महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो । महराविरुद्ध आठ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update