Odapalika - The Fourth Estate - चौथो अंग
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यी हुन् एजेन्डा

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आजदेखि सुरु हुने बैठक असोज ३१ गतेसम्म बस्ने एमालेले जनाएको छ ।  

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तय गर्नेछ । पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरको तेस्रो साता गर्ने भएको छ । आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।  

जेनजी आन्दोलनपछि एमालेमा पार्टी पुनर्गठनको विषय उठ्दै आएको छ । शुक्रबार बसेको सचिवालय बैठकमा पनि पार्टी पुनर्गठनको विषय नेताहरूले उठाएका थिए । 

नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । पार्टी उपाध्यक्षहरूले ओलीको राजीनामा माग गरेका थिए । 

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितका नेताहरूले ओलीको राजीनामा माग गरेका थिए । आइतबारको सचिवालय बैठकमा सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट ओलीको राजीनमाको पक्षमा उभिएका थिए । 

तर, ओली पद छोड्ने पक्षमा देखिएका छैनन् । केही नेताहरूले कार्यवाहक तोकेर महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए । ओली राजीनामा नदिने बरु छिट्टै महाधिवेशन गर्ने पक्षमा देखिएका छन् । 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update