
नेचासल्यान- नेचासल्यान गाउँपालिकामा आजदेखि “प्रथम खुल्ला वडा स्तरिय फुटसल प्रतियोगिता–२०८२” सुरु भएको छ। हिमाल दर्शन माध्यमिक विद्यालय, नेचासल्यान–३ को खेलमैदानमा एक विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो।
सहकर्मी डिल्ली शर्माका अनुसार प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व गर्ने गरी १७ टोली सहभागी भएका छन्।
उद्घाटन समारोहका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष धनजन राईले खेलकुदले युवामा अनुशासन, स्वास्थ्य र आपसी सद्भावको भावना विकास गर्ने बताउँदै प्रतियोगिताको औपचारिक उद्घाटन गरे।
साथै उनले खेलकुदका कार्यक्रमहरूलाई आगामी दिनमा अझ व्यवस्थित र नियमित रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। त्यस्ते उपाध्यक्ष विना राइले युवाहरुले खेलकुदमा रुची देखाउनु सकरात्मक पहल भएको भन्दै खेलकुदले गाउँपालिकको पहिचान स्थापित गर्न सहयोग पुरयाउने विश्वास व्यक्त गरिन्।
आयोजक समितिका अनुसार प्रतियोगिताको विजेता टिमले रु। ४०,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो टिमले रु। ३०,००० र तेस्रो टिमले रु। २०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई प्रत्येकलाई रु। १,५०० नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता असोज २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको मुख्य आयोजक वडा नं। ३ कार्यालय, नेचासल्यान गाउँपालिका रहेको छ भने प्राविधिक सहयोग ‘जुनतारा युवा क्लब’ ले गरेको छ।