काठमाडौं - नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस भएका हुन् ।
अहिले रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न समितिले सिफारिस गरेको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२ २०:५०
प्रतिक्रिया दिनुहोस्







