Odapalika - The Fourth Estate - चौथो अंग
बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते

बाजुरा - मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

कोल्टीबाट धनगढीका लागि छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस आज दिउँसो दुर्घटना हुँदा बसमा सवार ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये २४ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छभने सात जनाको कोल्टी आधारभूत अस्पताल कोल्टीमा उपचार भइरहेको  र चार जनालाई थप उपचारका धनगढी ‘रिफर’ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेमा बस सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका माझगाउँ बस्ने गणेश जोशी, बूढीनन्दा नगरपालिका–७ का ५७ वर्षीय जय सुनार, सोही ठाउँकी १३ वर्षीय सन्ध्या सुनार, १२ वर्षीया सिमा सुनार, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट बस्ने ४५ वर्षीय मनी कामी, बूढीनन्दा नगरपालिका–५ छातीकोट बस्ने सात वर्षीय लक्ष्मी मल्ल रहेका छन् । यस्तै, बूढीगङ्गा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह, उहाँकी छोरी दुई वर्षीया जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह र जेसिका सिंह घाइते भएकी छन् ।

यसैगरी बूढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४० वर्षीया राममाया सुनार, सोही वडाकी ४५ वर्षीया इसरादेवी सुनार, हिमाली गाउँपालिका–५ रुगिन बस्ने १७ वर्षीय प्रकाश चदारा, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही, बझाङको खप्तड छान्ना गाउँपालिका–५ बस्ने १८ वर्षीय पविन्द्र सिंह, बूढीनन्दा नगरपालिका–६ कोटिला बस्ने उमेश भाट रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, स्वामीकार्तिक खापर गाउँपालिका–५ बस्ने १४ वर्षीय गगन महतरा, सोही गाउँका १८ वर्षीय रोशन महतरा, हिमाली गाउँपालिका–६ पाँडी बस्ने २६ वर्षीय गणेश भण्डारी, सोही गाउँपालिका–४ फैती बस्ने १७ वर्षीय फपिन्द्र सुनार, सोही वडामा बस्ने ५८ वर्षीय तुल सुनार र बूढीनन्दा नगरपालिका–६ बस्ने २० वर्षीय दीपेन्द्र भण्डारीसहित ३० जना घाइते भएका हुन् ।

कोल्टीबाट धनगढीका लागि छुटेको बस सेरकाटियाको उकालोमा सामान राख्ने क्रममा दुर्घटना भएको बताइएको छ । बस दुर्घटनापछि चालक भने फरार रहेका छन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा छ घाइते

जिल्लाको बूढीनन्दा नगरपालिकामा आज दिउँसो जिप दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका छन् । मार्तडी–कोल्टी सडकमा पर्ने सोही नगरपालिका–१० पाण्डुसैनमा जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मार्तडीबाट कोल्टी जाँदै गरेको भे१च ७८७ नम्बरको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जिपमा सवार आठमध्ये चालकसहित छ जना घाइते भएको बताए ।घाइते हुनेमा चालक तुलाराम चदारा, बडीमालिका नगरपालिका–७ का ४२ वर्षीय शङ्करराज जैसी, बूढीनन्दा नगरपालिका–१ बस्ने ५३ वर्षीय सेते लुहार रहेका छन् ।

यस्तै, बूढीनन्दा नगरपालिका–३ बस्ने ५३ वर्षीय जङ्गवीर सार्की, सोही वडाका ४४ वर्षीय जयलाल विक र बडीमालिका नगरपालिका ७ बस्ने ३२ वर्षीय जयराज जैसी घाइते भएका छन् । घाइतेको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update