ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ७:१५ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोष्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो । घाइते सबैलाई उपचारका लागि सामुदायिक अस्पताल ओखलढुङ्गा पठाइएको र उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update