काठमाडौं- काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज पनि दुई खेल हुँदै छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमान्डू गोर्खाज तथा दोस्रो खेल दिउँसो ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।
चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ भने काठमान्डूले खेलमा दुई अंक मात्र बटुलेको छ । तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ ।
अंक लिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२ ०६:४०
प्रतिक्रिया दिनुहोस्







