 
                                                                    काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी यु्नियन (त्रिवि स्ववियु) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सिको गरेको छ ।
हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा फोहोर भएको भन्दै त्रिवि स्ववियुले फोहोर सफा गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई पत्राचार गरेको हो ।
स्ववियु सभापति श्यामराज ओझाले सार्वजनिक सुचना प्रकाशित गरी फोहोर सफा गर्न क्यानलाई भनिएको हो । सुचनामा ‘त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) खेलकूदका कारण त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिषर वरिपरी असाध्यै फोहोर वातावरण सिर्जना भएकोले उक्त वातावरण सरसफाइ अभियानमा सहभागी भइ स्वच्च, सफा, शान्त शैक्षिक वातावरण निर्माणका लागि अग्रसर भइदिनु हुन सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी, स्थानीय जनसमुदाय, क्यान परिवार तथा सम्पूर्ण व्यक्तित्वहरुमा सार्वजनिक अपिल गर्दछौं’ भनिएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरभित्र जसले फोहोर गरेको छ, उसलाई नै सफा गर्न भन्दै आएका छन् । र, यसरी सफा नगर्नेलाई उनले कानुनी कारवाहीको प्रक्रिया पनि अघि बढाइरहेका छन् । केही समयअघि संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा भएको एक कार्यक्रममा फोहोर गरेको भन्दै जरिवाना तिर्न पत्र नै पठाएका थिए ।

 
                
            



 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    