Odapalika - The Fourth Estate - चौथो अंग
सोलुदुधकुण्ड–४ मा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

सोलुखुम्बु – सोलुदुधकुण्ड–४ मा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको  छ । 

‘समावेशी समाज निर्माण : अपाङ्गता भएका व्यक्तिका अधिकार, अवसर र सम्मान’ भन्ने मूल सन्देशसहित सोलुदुधकुण्ड नगरपालिका–४ मा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसँगै उत्साहपूर्वक मनाइएको हो ।
 
दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थानीय प्रतिनिधि, विद्यालयहरू, महिला समूह, युवा सङ्घ–संस्थाका प्रतिनिधिहरू र अपाङ्गता भएका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले समान पहुँचयुक्त, भेदभावरहित र सबल समाज निर्माणमा सबैको भूमिकाको आवश्यकता रहेकोमा जोड दिए।

सोलुदुधकुण्ड–४ का प्रतिनिधिहरूका अनुसार, सामुदायिक स्तरमा अपाङ्गता भएका व्यक्तिहरूका समस्या चिन्न, समाधान खोज्न र उनीहरूलाई सक्रिय सहभागितामा प्रोत्साहित गर्न यस दिवसले महत्वपूर्ण प्रेरणा दिएको छ।

नगरपालिकाको सहयोग तथा सोलुदुधकुण्ड अपाङगता मिलिजुली समुह सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ को आयोजनामा उक्त दिवस मनाइएको वडाले जनाएको छ । 

अपाङ्गता भएका नागरिकको हक अधिकार प्रवद्र्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन’ तय गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update