Odapalika - The Fourth Estate - चौथो अंग
कस्तो छ त तपाईँको आजको राशिफल ?

आज मंगलबार, १ पुस २०८२ (१६ डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: घरमा अतिथिको आगमन हुनेछ। नयाँ पद, प्रतिष्ठा, वस्त्र प्राप्त हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। बौद्धिकताको विकास हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। शुभ समाचार सुन्न पाइएला। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। प्राविधिक क्षेत्रबाट सफलता मिल्ला। लामो यात्रा सुखद र सफल रहनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन: विपक्षीको जालझेलमा परिएला। कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। नाक तथा घाँटीमा समस्या आउन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४४, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

कर्कट: सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। मित्रबाट विशेष सहयोग मिल्ला। मनोरञ्जनको कार्यक्रममा सहभागी भइनेछ। प्राविधिक काममा सफलता मिल्नेछ। पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

सिंह: विद्या र बुद्धिको विकास हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: सामाजिक कार्यमा मन जाला। परदेशमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खुल्नेछ। वैदेशिक कामबाट सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ७८ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

तुला: लाभहानि बराबर हुने खालको दिन छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। घरपरिवारमा झैझमेलाको अवस्था आउला। नियमित खर्च बढ्ने योग छ। धार्मिक कार्यमा मन जानेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३७, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ६४ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

वृश्चिक: दैनिक कार्यमा प्रगति होला। शुभकार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ। साँझमा अनावश्यक धन खर्च हुन सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। पहेँलो रङको प्रयोग नगर्ने।

धनु: चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। राजनीतिक कार्यमा सफलता मिल्ला। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: कुनै कुराले मनमा शान्ति छाउला। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुनेछ। मन मिल्ने साथीको सहयोग र हौसला प्राप्त होला। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। मनमा शङ्का र दुबिधा उत्पन्न होला। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। मध्य दिनमा शुभकार्यको चर्चा चल्नेछ। नयाँ वस्त्र तथा अलंकार प्राप्तिको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४२, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन: नयाँ काम वा रोजगारीको अवसर आउला। ठूला व्यक्तिले तपाईँको कामको प्रशंसा गर्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। साँझमा स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ०६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update