Odapalika - The Fourth Estate - चौथो अंग
आधिकारिकता दाबी गर्न गगन कांग्रेस निर्वाचन आयोगमा

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेस आफू नै आधिकारिक कांग्रेस भएको दाबी गर्न निर्वाचन आयोग गएको छ ।

आज विहान कुपण्डोलको एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बसेपछि एक टोली निर्वाचन आयोग गएको हो ।

१४औं महाधिवेनबाट निर्वाचित केन्द्रीय समितिलाई विघटन गरी विशेष महाधिवेशन पक्षधरले गगन थापालाई सभापति बनाएर नयाँ नेतृत्व चयन गरेको छ । पुसको २७ देखि ३० गतेसम्म चलेको विशेष महाधिवेशनले नयाँ नेतृत्व छानेको हो । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनले थापालाई सभापति र शर्मालाई उपसभापतिमा सर्वसम्मत निर्वाचित गरेको घोषणा गरिएको छ ।

१४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिले विघटन गरी नयाँ नेतृत्व चयन भएकोले सोही अनुसारको विवरण अद्यावधिक गरिदिन गगन पक्षको कांग्रेस निर्वाचन आयोग गएको हो ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update