Odapalika - The Fourth Estate - चौथो अंग
निर्वाचन आयोगलाई गगन थापाले बुझाए आफ्नो नेतृत्वको कांग्रेस अधिकारिक दाबी गर्दै कागजात

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति घोषणा गरिएका गगन थापाले आफू नेतृत्वको कांग्रेस नै आधिकारिक भएको दाबी सहितको कागजात निर्वाचन आयोगमा बुझाएका छन् ।

विशेष महाधिवेशनबाट सभापति घोषणा गरिएका थापा तथा सर्वसम्मत रुपमै उपसभापति घोषणा गरिएका विश्वप्रकाश शर्मासहितका नेताहरु आयोग पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विशेष महाधिवेशनका कागजात बुझाएका हुन् ।

१४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा विशेष महाधिवेशन भएको थियो । पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डमा जारी विशेष महाधिवेशनले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति विघटन गरी नयाँ केन्द्रीय समिति सर्वसम्मत रुपमा घोषणा गरिएको थियो । पुस ३० गते मध्यराति सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गरिएको थापा नेतृत्वको नयाँ केन्द्रीय समितिसहितको अद्यावधिक विवरण आयोगमा बुझाइएको गगन पक्षीय कांग्रेसका नेताहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update