Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग

काठमाडौं- राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गर्नुभएको संसद्का प्रवक्ता एकराम गिरिले बताए।

नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन्।उनीहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update