Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रिय सभा निर्वाचनः यी हुन् विजयी भएका नयाँ १८ अनुहार(सूचीसहित)

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ ११) निर्वाचन भएको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच गठबन्धन भएको थियो ।

निर्वाचनमा गठबन्धनका सबै उमेदवार निर्वाचित भए । कांग्रेसले ९, एमालेले आठ र जनता समाजवादी पार्टी नेपालले एक सिट पाएको छ । कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए।

मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा लोसपाका महन्थ ठाकुर बाहेक तीन जना निर्वाचित भएका छन् ।  नेपलाी कांग्रेसका धमेन्द्र पासवान र रन्जित कर्ण तथा नेकपा एमाले एमालेका रेखा झा निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू विजयी भएका छन् । महिलातर्फ एमालेकी रामकुमारी झाँक्री तथा अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग/अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी भएका हुन् ।

यस्तो छ पूर्ण सूचीः-

राष्ट्रिय सभाको आज भएको निर्वाचनबाट  निर्वाचित राष्ट्रिय सभा सदस्यहरु (१८ जना) ।

क) नेपाले कांग्रेस = ९ जना 

१) चन्द्रबहादुर केसी
२) जगत तिमिल्सिना
३) सुनीलबहादुर थाापा
४) खम्बबहादुर खाती
५) धमेन्द्र पासवान
६) रञ्जित कर्ण
७) बासुदेव जंगली
८) ललितबहादुर शाही
९) गीता देवकोटा

ख) नेकपा एमाले = ८ जना 

१) लिला भण्डारी
२) राजेश शाक्य
३) सोम पोर्तेल
४) रेखा झा
५) रोशनी मेचे
६) सम्झना देवकोटा
७) मीना रखाल
८) रामकुमारी झाँक्री

ग) जनता समाजवादी पार्टी नेपाल = १ जना 

१) महन्थ ठाकुर

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update