यी हुन् समानुपातिकबाट निर्वाचित ११० सांसद (सूचीसहित)
सोमबार, चैत २, २०८२
सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार÷चार जना सांसद निर्वाचित भएको आयोगका सचिव एवं समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले...
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आइतबार, फागुन २४, २०८२
निर्वाचनअघि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै उत्पादकत्व वृद्धि, नियामक सुधार, लगानीमैत्री वातावरण, ‘डिजिटल’ अर्थतन्त्र, वित्तीय क्षेत्र सुधारलगायत विषयलाई प्रमुख ‘एजेन्डा’ बनाएको थियो । अब सरकार गठनपछि ती प्रतिबद्धताहरू कार्यान्वयन कसरी अघि बढ्छन् भन्ने स्वाभाविक चासोको विषय हो । राससले रास्वपाको वाचापत्रमा राखिएका आर्थिक एजेन्डालाई केलाएको छ...
एमाले अध्यक्ष ओलीले ‘दम्भ’ फेलः चुनाव हार्ने यी हुन् पदाधिकारी
शनिबार, फागुन २३, २०८२
उपमहासचिव रघुवीर महासेठले पनि ८ हजार मत समेत पाउन सकेका छैनन् । मतगणना जारी रहँदा रास्वपाका राजकिशोर महतोले ३२ हजार ५९३ मत ल्याएका छन् । यहाँ कांग्रेस उम्मेदवार महेन्द्र यादवले ११ हजार ८४४ मत ल्याउँदा महासेठले मात्र ७ हजार ३४८ मत पाएका छन् ।
‘पार्टी सुधारे’को दाबी गर्ने कांग्रेस पत्तासाफ!
शनिबार, फागुन २३, २०८२
कांग्रेसबाट भावी प्रधानमन्त्री घोषित सभापति गगनकुमार थापाकै प्रदर्शन कमजोर देखिएको छ । काठमाडौं ४ छाडेर मधेश झरेका उनी सर्लाही ४ बाट चुनाव लडे । तर‚ रास्वपा उम्मेदवारसँग उनी निरन्तर पछाडि छन् ।
निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो
बिहीबार, फागुन २१, २०८२
निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताए ।
आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी
बिहीबार, फागुन २१, २०८२
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने,‘रसुवा, दोलखा, रूकुमपूर्व, बाजुरा, बझाङ र हुम्ला र रसुवामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भएको छ, अन्यत्र केही जिल्लामा पनि मतपेटिका ढुवानी जारी छ ।’
अध्यक्ष ओलीद्वारा निर्वाचन सम्पन्न भएकामा धन्यवाद
बिहीबार, फागुन २१, २०८२
‘निर्वाचन सम्पन्न गरेकामा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनुभएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद । निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधिहरूलाई पनि धन्यवाद‚’ उनले भने ।
प्रतिनिधिसभा सदस्य निर्वाचन : आज मतदान
बिहीबार, फागुन २१, २०८२
‘जेनजी’ आन्दोलनपछिको विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (फागुन २१) मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि बेलुका ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।
भारतीय नम्बरका ४० वटा सवारीसाधन नियन्त्रणमा
बुधबार, फागुन २०, २०८२
आज जिल्लाको विभिन्न स्थानबाट निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कर्पियोलगायतका सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।
छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
बुधबार, फागुन २०, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल दुई लाख २१ हजार कर्मचारी खटिएका छन् । सत्ततर जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए। उनका अनुसार ५०० भन्दाबढी मतदाता भएका केन्द्रमा...
निर्वाचनको तयारी पूरा: प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी
बुधबार, फागुन २०, २०८२
कतिपय जिल्लामा उम्मेदवारहरुसमेत पैसा र मादक पदार्थ बोकेर मतदाता प्रभावित गर्न हिँडेको आशङ्कामा पक्राउ परेका छन् । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्ता गविविधिमा आयोगले शुन्य सहनशीलतानको नीति लिएको स्पष्ट पारे।
निर्वाचनको दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने
मंगलबार, फागुन १९, २०८२
मध्यपूर्वी देशहरूका गन्तव्यहरूको उडान सम्बन्धित देशको निर्णय र त्यहाँका विमानस्थलको मौजुदा अवस्थाका आधारमा मात्र तय गरिनेछ। वायुसेवा कम्पनीहरूले संशोधित उडान तालिका बमोजिम मात्र ती क्षेत्रमा उडान भर्ने प्राधिकरणको सूचनामा उल्लेख छ।


