काठमाडौं- निर्वाचन आयोगले विभिन्न आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएको जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने,‘रसुवा, दोलखा, रूकुमपूर्व, बाजुरा, बझाङ र हुम्ला र रसुवामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भएको छ, अन्यत्र केही जिल्लामा पनि मतपेटिका ढुवानी जारी छ ।’
उनले शुक्रबार दिउँसो १२ बजेसम्म सबै जिल्लाको मतपेटिका सङ्कलन पूरा हुने जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ २२:२५
प्रतिक्रिया दिनुहोस्







