एमालेले भन्योः निर्वाचनको समीक्षा प्रतिवेदन पठाउनु

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । 

एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। ‘ती सुझावका आधारमा हामीले बैठकबाट पनि निर्वाचनको समीक्षा गर्नेछौँ‚’ उनले भने ।

उनका अनुसार एमालेले निर्वाचनको समीक्षा गर्नका लागि चाँडै  सचिवालय बैठक र केन्द्रीय कमिटी बैठक बोलाउनेसमेत तयारी गरेको छ । 

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update