भारतीय नम्बरका ४० वटा सवारीसाधन नियन्त्रणमा
बुधबार, फागुन २०, २०८२
छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
बुधबार, फागुन २०, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल दुई लाख २१ हजार कर्मचारी खटिएका छन् । सत्ततर जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए। उनका अनुसार ५०० भन्दाबढी मतदाता भएका केन्द्रमा...
निर्वाचनको तयारी पूरा: प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी
बुधबार, फागुन २०, २०८२
कतिपय जिल्लामा उम्मेदवारहरुसमेत पैसा र मादक पदार्थ बोकेर मतदाता प्रभावित गर्न हिँडेको आशङ्कामा पक्राउ परेका छन् । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्ता गविविधिमा आयोगले शुन्य सहनशीलतानको नीति लिएको स्पष्ट पारे।
निर्वाचनको दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने
मंगलबार, फागुन १९, २०८२
मध्यपूर्वी देशहरूका गन्तव्यहरूको उडान सम्बन्धित देशको निर्णय र त्यहाँका विमानस्थलको मौजुदा अवस्थाका आधारमा मात्र तय गरिनेछ। वायुसेवा कम्पनीहरूले संशोधित उडान तालिका बमोजिम मात्र ती क्षेत्रमा उडान भर्ने प्राधिकरणको सूचनामा उल्लेख छ।
निर्वाचन बिदामा पनि सर्वोच्च अदालत खुल्ने, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हेरिने
मंगलबार, फागुन १९, २०८२
बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको सर्वोच्च अदालतले जनाएको छ ।
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?
सोमबार, फागुन १८, २०८२
मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ ।
रामेछाप दुर्घटना : एक जनाको मृत्यु‚ घाइतेलाई काठमाडौं ल्याइयो
सोमबार, फागुन १८, २०८२
जिल्लाको साघुटारमा ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिए ।
ऐतिहासिक निर्वाचनमा सहभागी हुन भन्दै राष्ट्रपति पौडेलद्वारा राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)
सोमबार, फागुन १८, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्द्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी हुन आह्वान गरेका हुन्।
भोट हाल्न दुई दिनमा ८० हजार यात्रुले छाडे काठमाडौं
आइतबार, फागुन १७, २०८२
निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका हुन्।
मनाङमा कर्मचारी र सुरक्षाकर्मी अति संवेदनशील क्षेत्रमा
आइतबार, फागुन १७, २०८२
यहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी १८ हजार मतपत्र जिल्ला पुगिसकेको प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरले बताए। मनाङमा एक अस्थायीसहित २८ मतदान केन्द्र रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन : हालसम्म ५८ जिल्लाको मतपत्र छापियो
शुक्रबार, फागुन १, २०८२
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
जातीय भेदभाव गर्ने उम्मेदवारलाई ‘नो भोट’
बुधबार, माघ २८, २०८२
आगामी निर्वाचन दलितमैत्री बनाउन दबाब दिने उद्देश्यले अभियान सुरु गरिएको छ।
झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै
शनिबार, माघ २४, २०८२
विसं २०४८ को पहिलो आम निर्वाचनदेखि झापा–४ राजनीतिक रूपमा मुख्य रूपमा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धाको केन्द्रमा रहँदै आएको छ । विगतका निर्वाचन परिणामले देखाउँछ कि परम्परागत दुई दल अझै बलिया छन्, तर नयाँ राजनीतिक शक्ति र वैकल्पिक धारप्रति मतदाताको आकर्षण बढ्दै गएको छ ।


