निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने
शुक्रबार, पुस २५, २०८२
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
बिहीबार, पुस २४, २०८२
महोत्तरीको पूर्व-दक्षिण, दक्षिण र पश्चिम-दक्षिणमा करिब १४ किलोमिटर भूभाग भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको र विभिन्न सात वटा पालिकासँग भारतको खुला सिमाना रहेका कारण यहाँका निर्वाचनस्थलमध्ये १६३ वटा अतिसंवेदनशील वर्गमा ८९ वटा संवेदनशील वर्गमा राखिएको छ भने छ वटा निर्वाचनस्थल मात्रै सामान्य वर्गमा परेका छन् ।
निर्वाचनका लागि ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृत नियुक्त
आइतबार, पुस २०, २०८२
न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ। त्यसैगरी, न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
यी हुन् समानुपातिकको बन्दसूचीमा ११० स्थानमा उम्मेदवारी दिने दल
मंगलबार, पुस १५, २०८२
निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको बताए।
ओलीको दाबीः निर्वाचन गराए बहुमत ल्याउँछौं
बिहीबार, पुस १०, २०८२
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान तयार रहेको बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमा खटिएका युवाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले आफूहरूले चुनावमा बहुमत ल्याउने दाबी पनि गरे ।
कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छ
आइतबार, पुस ६, २०८२
नेता डा कोइरालाले सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षा, जघन्य अपराध गरेका पाँच हजार फरार कैदी पक्राउ एवं लुटिएका हातहतियार बरामद गरी प्रहरीको मनोवल उठाउने कार्य गर्नुपर्ने सुझाव दिए। ‘वर्तमान अवस्थामा निर्वाचनबाहेक अर्को कुनै विकल्प नभएकाले तोकिएको समयमा सम्पन्न गर्न सरकारले आफ्नो कार्य गर्नुपर्छ‚’ उनले भने ।
रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल
शनिबार, पुस ५, २०८२
रास्वपाले आज देशभरका सातै प्रदेशमा पार्टीका तर्फबाट आगामी निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बन्न इच्छुक व्यक्तिसँग छलफल गरेको हो । रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ, गण्डकी प्रदेशको पोखरा, वाग्मती प्रदेशको काठमाडौँ, मधेस प्रदेशको जनकपुर र कोशी प्रदेशको इटहरीमा उम्मेदवारसँग छलफल गरेको हो ।
'निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो'
बुधबार, पुस २, २०८२
निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन् ।
मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने
बिहीबार, मंसिर २५, २०८२
अब निर्वाचन अगाडि मनोनयन पदत्र दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ सरकार र जेनजीबीच यस्तो सहमति भएको हो । निर्वाचनमा मनोनयन दर्ता गर्दाकै बखत उम्मेदवारले आफ्नो सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेलगायत राजनीतिक दल र उम्मेदवारको खर्च पारदर्शी बनाउन कानूनमा संशोधन गर्ने सहमति भएको हो ।
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता
मंगलबार, मंसिर २३, २०८२
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ
थपियो समय, फागुन २० गतेसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने
सोमबार, मंसिर २२, २०८२
आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकहरूले मतदान गर्न पाउने गरी उमेरको हद निर्धारण गरेको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा सोमबार जारी विज्ञप्तिमा मंसिर ५ गतेसम्म देशभर सङ्कलन भएका मतदाताहरूको विवरण अद्यावधिक गर्ने निर्णय आयोगले मंसिर २० गते गरेको हो।
निर्वाचन आयोगले सरकरालाई भन्यो– विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकिँदैन
मंगलबार, मंसिर १६, २०८२
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समय अभावका कारण विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्थापन गर्न नसकिने जानकारी सरकारलाई दिएका छन्।
२१ फागुनमा हुने निर्वाचनका लागि लागि १२० दल दर्ता
आइतबार, मंसिर १४, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुल १२० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।


