Odapalika - The Fourth Estate - चौथो अंग
रामेछाप दुर्घटना : एक जनाको मृत्यु‚ घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं- रामेछापमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरूलाई काठमाडौं ल्याइएको छ । 

नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तीन महिला र चार पुरुषसहित सातजनालाई थप उपचारका लागि सेनाको हेलिकोप्टरले काठमाडौं ल्याएको हो । 

रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको हो । जिल्लाको साघुटारमा ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिए ।  

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update