रोल्पा दुर्घटना अपटेडः थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो
बिहीबार, वैशाख १७, २०८३
चट्याङ लागेर प्युठानमा बाबुछोराको मृत्यु
सोमबार, वैशाख १४, २०८३
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, डीएसपी नरहरि अधिकारीले दुई जनाको मृत्यु र दुई जान घाइते भएको जानकारी दिए । घाइते हुनेमा सोही ठाउँका ५८ वर्षकी बोमी बोहोरा र गौमुखी–की २४ वर्षीया सृजना न्यौपाने छन । घाइते दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचाररत भइरहेको छ ।
विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु‚ २५ जना घाइते
सोमबार, वैशाख १४, २०८३
यस अवधिमा चट्याङका ३८ वटा घटना भएकामा १९ जना घाइते भएका छन् । ती घटनाबाट रु ३८ लाखको भौतिक क्षति भएको पनि प्राधिकरणले जनाएको छ । देशका विभिन्न ५२ जिल्लामा विपद्का घटना भएको थिए ।
मध्यविन्दु नगरपालिकामा भएको दुर्घटनामा एक जनाको मृत्यु
आइतबार, वैशाख १३, २०८३
डण्डाबाट अरुणखोलातर्फ आउँदै गरेको लु१अ यो १६ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको म प्र ०३-०४३ प ६६७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कर्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।
विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते
शनिबार, वैशाख १२, २०८३
चट्याङबाट चार, हावाहुरीका कारण चार, लेक लागेर दुई, डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै वन डढेलोबाट एक, सर्पदंशबाट एक, जनावरको आक्रमणबाट एक र पहिरोबाट एक जनाको मृत्यु भएको छ । घाइते हुनेमा पनि सबैभन्न्दा बढी आगलागीबाट २४ जना रहेका छन् । सर्पदंशबाट १९ र जनावरको आक्रमणबाट १३...
विपद्को वितण्डाः एक महिनामा ३० जनाले गुमाए ज्यान‚ ३३ करोड भन्दा बढीको क्षती
बिहीबार, वैशाख १०, २०८३
दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भउको छ भने ५२९ चौपाया मरेका छन् । विपद्बाट ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान छ । विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता...
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना, तीन जनाको मृत्यु
शनिबार, वैशाख ५, २०८३
साँझ वडा नम्बर ८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जन्ती बोकेको गाडी वडा नम्बर १० धाइरेमा दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १८ जना घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।
नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु
मंगलबार, वैशाख १, २०८३
प्रहरी निरीक्षक कार्कीका अनुसार रिपेश साथीहरूसँग कोशी ब्यारेजको गोलघर नजिक कोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएको खबर इलाका प्रहरी कार्यालय भारदहबाट जानकारी पाएपछि तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कोशी नदीको ब्यारेजमा खोजी गरेको उनले बताए।
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
शनिबार, चैत २८, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका–५ का ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। सो घटनामा मोटरसाइकल चालक उनका छोरा सुदीप रावत गम्भीर घाइते भएका छन्।
ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, दुई गम्भीर घाइते
शनिबार, चैत २८, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार दुर्घटनामा घाइते खाँदबारी–९ तुम्लिङटारका १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमालको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते
बिहीबार, चैत २६, २०८२
आज साँझ करिब ०६ः०५ बजे कृष्णपुर नगरपालिका–१ कुमगडाको भित्री कच्ची सडकमा से१ज २९० नम्बरको जिप अनियन्त्रित भइ अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते
शनिबार, चैत २१, २०८२
दुर्घटनामा सोही स्थानका जिप चालक २९ वर्षीय करण अधिकारी, ३१ वर्षीय प्रकाश गुरुङ, ३३ वर्षीय रिता गुरुङ, ४० वर्षीय विमलादेवी घले, ६२ वर्षीय सन्तबहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ, ७ वर्षीय सफल गुरुङ, ११ वर्षीय रितेश गुरुङ, १० वर्षीय प्रिन्सिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १२ वर्षीय बिवान घले र...

