गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिकामा एक जनाको मृत्यु
शनिबार, माघ १७, २०८२
दुप्चेश्वर गाउँपालिकामा झगडा छुट्याउन गएका छिमेकिको मृत्यु भएपछि...
बुधबार, माघ १४, २०८२
घेवारचौरस्थित ओङ्दी शेर्पा र उहाँका छोरा कुन्सा ग्याल्जेन शेर्पाबीचको झगडा छुट्याउन गएका ३३ वर्षीय रणे तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवाको मृत्यु
बुधबार, माघ १४, २०८२
नागार्जुन नगरपालिका–६ स्थित फस्कू चोकमा गएराति बाप्र ०२–०२–००३ प ६७१६ नं को मोटरसाइकल र बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल चालक भीमढुङ्गाका २५ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो ।
श्रीमानको कुटाइबाट धनगढी उपमहानगरपालिकामा श्रीमतीको मृत्यु
सोमबार, माघ १२, २०८२
डेरामै कुटपिट भएपछि हीराले नजिकै रहेको माइती घर पुगेर गुहार मागेपछि तत्काल अस्पताल पु¥याइएको जनाइएको छ । सतिङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चैनपुर नगरपालिकामा जीप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते
आइतबार, माघ ११, २०८२
चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १-००१ च ८२४७ नम्बरको जीप चैनपुर-१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
धरान उपमहानगरपालिकामा बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, १३ घाइते
आइतबार, माघ ४, २०८२
आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य बोहराको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
शुक्रबार, माघ २, २०८२
पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी गत पुस ३० गते काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ७४ वर्षीय बोहराको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
शङ्खरापुर नगरपालिकामा बस दुर्घटना, चार जनाको मृत्यु
बुधबार, पुस २३, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएको जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।
आफैँलाई गोली हानी मृत्यु
सोमबार, पुस २१, २०८२
ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
बारेकोट गाउँपालिकामा गोली लागेर एकजनाको मृत्यु, पाँच सिकारी पक्राउ
बुधबार, पुस १६, २०८२
मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंह एकसाथ सिकार खेल्न जङ्गल गएको प्रहरीले जनाएको छ।
सर्लाहीमा ट्याक्टरले दियो ठक्कर, दुई वर्षीया बालिकाको मृत्यु
शनिबार, पुस १२, २०८२
बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्वामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
जापानिज इन्सेफ्लाइटिस्ले लियो ३५ जनाको ज्यान
सोमबार, पुस ७, २०८२
गत वर्ष सन् २०२४ मा २५ जना जापानिज इन्सेफ्लाइटिस्बाट मृत्युु भएका थिए । उनले बर्सेनि जापानिज इन्सेफ्लाइटिस्बाट मृत्युु हुनेको सङ्ख्या बढ्दै गएको बताए। गत वर्ष जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण ८६ जना देखिएको थियो।
जिप दुर्घटना मृतकको संख्या चार पुग्यो
शनिबार, मंसिर २७, २०८२
शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा आज थप एक जनाको मृत्यु भएको हो ।

