काठमाडौं- सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज साँझ भएको दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।
चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १-००१ च ८२४७ नम्बरको जीप चैनपुर-१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
मृतकको पहिचान खुल्न सकेको छैन ।दुर्घटना लगत्तै सशस्त्र प्रहरी नम्बर ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको छ ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०८२ १९:४६
प्रतिक्रिया दिनुहोस्







