Odapalika - The Fourth Estate - चौथो अंग
सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या
सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या आज दिउँसो छिमेकी ५९ वर्षीय शिवकुमार राईको खुकुरी प्रहारबाट लिलाप्रसादको मृत्युु भएको प्रहरी निरीक्षक अर्यालले बताए। उनका अनुसार गाईवस्तुले घाँस खाएको निहुँमा भएको विवादले उग्र रुप लिएपछि शिवकुमारले लिलाप्रसादको छातिमा खुकुरी प्रहार गर्दा निजको घटनास्थलमै मृत्युु भएको हो ।
गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिकामा एक जनाको मृत्यु
गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिकामा एक जनाको मृत्यु आज दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए। 
दुप्चेश्वर गाउँपालिकामा झगडा छुट्याउन गएका छिमेकिको मृत्यु भएपछि...
दुप्चेश्वर गाउँपालिकामा झगडा छुट्याउन गएका छिमेकिको मृत्यु भएपछि... घेवारचौरस्थित ओङ्दी शेर्पा र उहाँका छोरा कुन्सा ग्याल्जेन शेर्पाबीचको झगडा छुट्याउन गएका ३३ वर्षीय रणे तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवाको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवाको मृत्यु नागार्जुन नगरपालिका–६ स्थित फस्कू चोकमा गएराति बाप्र ०२–०२–००३ प ६७१६ नं को मोटरसाइकल र बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल चालक भीमढुङ्गाका २५ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो ।
श्रीमानको कुटाइबाट धनगढी उपमहानगरपालिकामा श्रीमतीको मृत्यु
श्रीमानको कुटाइबाट धनगढी उपमहानगरपालिकामा श्रीमतीको मृत्यु डेरामै कुटपिट भएपछि हीराले नजिकै रहेको माइती घर पुगेर गुहार मागेपछि तत्काल अस्पताल पु¥याइएको जनाइएको छ । सतिङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
चैनपुर नगरपालिकामा जीप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते
चैनपुर नगरपालिकामा जीप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १-००१ च ८२४७ नम्बरको जीप चैनपुर-१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
धरान उपमहानगरपालिकामा बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, १३ घाइते
धरान उपमहानगरपालिकामा बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, १३ घाइते आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य बोहराको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
राष्ट्रियसभा सदस्य बोहराको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी गत पुस ३० गते काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ७४ वर्षीय बोहराको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
शङ्खरापुर नगरपालिकामा बस दुर्घटना, चार जनाको मृत्यु
शङ्खरापुर नगरपालिकामा बस दुर्घटना, चार जनाको मृत्यु जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएको जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।
आफैँलाई गोली हानी मृत्यु
आफैँलाई गोली हानी मृत्यु ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
बारेकोट गाउँपालिकामा गोली लागेर एकजनाको मृत्यु, पाँच सिकारी पक्राउ
बारेकोट गाउँपालिकामा गोली लागेर एकजनाको मृत्यु, पाँच सिकारी पक्राउ मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह,  ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंह एकसाथ सिकार खेल्न जङ्गल गएको प्रहरीले जनाएको छ।
सर्लाहीमा ट्याक्टरले दियो ठक्कर, दुई वर्षीया बालिकाको मृत्यु
सर्लाहीमा ट्याक्टरले दियो ठक्कर, दुई वर्षीया बालिकाको मृत्यु बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्वामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
Weather Update