काठमाडौं - सल्यानमा शनिबार जन्ती बोकेको एक गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा भएको उक्त दुर्घटनामा अन्य १८ जना गम्भीर घाइते भएका छन्।
साँझ वडा नम्बर ८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जन्ती बोकेको गाडी वडा नम्बर १० धाइरेमा दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १८ जना घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३ २०:५२
प्रतिक्रिया दिनुहोस्







