Odapalika - The Fourth Estate - चौथो अंग
गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिकामा एक जनाको मृत्यु

चितवन- गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक रहेका छन् ।

आज दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए। 

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update