सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ‚ कहीँ कतै गठबन्धन हुँदैन : कांग्रेस
सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ‚ कहीँ कतै गठबन्धन हुँदैन : कांग्रेस ‘चुनाव पूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छ, हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ, सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ, त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु‚’ कांग्रेस प्रवक्ता चालिसेले भने।
निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी
निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा आयोगको मङ्गलबारको बैठकबाट कार्यविधि स्वीकृत भई जारी गरेकाले त्यसअनुसार बैंक खाता खोली निर्वाचन प्रचारप्रसारका आम्दानी र खर्च त्यसैमार्फत गर्न आह्वान गरेका हुन् । कार्यविधि आयोगको वेबसाइटमा अपलोड गरिसकिएको छ । यसका लागि इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय...
प्रहरीका लागि निर्वाचन लक्षित अनुशिक्षण सुरु‚ १० दिनसम्म चल्ने 
प्रहरीका लागि निर्वाचन लक्षित अनुशिक्षण सुरु‚ १० दिनसम्म चल्ने  पहिलो चरणअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, ब्युरोहरू र नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म गरी जम्मा चार हजार १४८ जनालाई चरणबद्ध रूपमा १० दिनसम्म उक्त अनुशिक्षण प्रदान गरिने प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम (सूचीसहित)
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम (सूचीसहित) आयोगले आज प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन् ।
निर्वाचन सुरक्षा: भोलिबाट परिचालन हुँदैछ नेपाली सेना
निर्वाचन सुरक्षा: भोलिबाट परिचालन हुँदैछ नेपाली सेना निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै नेपाल प्रहरीका तर्फबाट निर्वाचनमा ७७ हजार जनशक्ति परिचालित हुनेछन् । नेपाल प्रहरीको विद्यमान जनशक्तिले मात्रै निर्वाचन व्यवस्थापनमा अपुग हुने भएकाले एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ । निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील,...
निर्वाचन आयोगले हटायो समानुपातिक सूचीबाट ७६ जनाको नाम
निर्वाचन आयोगले हटायो समानुपातिक सूचीबाट ७६ जनाको नाम बन्दसूचीका सम्बन्धमा परेका उजुरी, प्रचलित कानून बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवं राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा उनीहरूलाई सूचीबाट हटाइएको आयोगले जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती प्रहरी प्रमुख थापाले सुरक्षा जाँचका क्रममा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर उनीहरूको विस्तृत अुनसन्धान पछि छाड्ने गरिएको जानकारी दिए । ‘संवेदनशील स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती थालेका छौँ,’ उनले भने, ‘विभिन्न रुट तय गरेर एकीकृत गस्तीको अभियानमा छौँ ।’
निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ
निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन गरी प्रभावकारी रुपमा कार्यान्व्यन गराउन निर्देशन दिएको हो ।
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत आयोगले आज विज्ञप्ती जारी गर्दै उक्त विषयको जानकारी दिएको छ । आयोगका अनुसार जिल्लास्तरमा आचारसंहिता पालना सुनिश्चित गर्न तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । निर्वाचन आयोगले तोकिएका अनुगमन अधिकृतमार्फत निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गरिने जनाएको छ ।
काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा यी महिला निर्वाचन अधिकृतलाई
काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा यी महिला निर्वाचन अधिकृतलाई निर्वाचन गराउने कार्यादेश पाएको सरकारले यसलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको छ । जसका कारण अहिले मुलुक निर्वाचनमय बनेको छ । त्यसबाट संघीय राजधानी काठमाडौँ अछुतो रहने कुरै भएन । 
म मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
म मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताए। सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो।
राष्ट्रिय सभा निर्वाचनः यी हुन् विजयी भएका नयाँ १८ अनुहार(सूचीसहित)
राष्ट्रिय सभा निर्वाचनः यी हुन् विजयी भएका नयाँ १८ अनुहार(सूचीसहित) निर्वाचनमा गठबन्धनका सबै उमेदवार निर्वाचित भए । कांग्रेसले ९, एमालेले आठ र जनता समाजवादी पार्टी नेपालले एक सिट पाएको छ । कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए।
Weather Update