काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयहरुलाई पत्र पठाउँदै शिक्षक तथा कर्मचारीको तलब माग गर्ने फाराम भर्न भनेको छ ।
उपमहानगरपालिले सबै सामुदायिक विद्यालयहरुलाई पत्र पठाएको हो । पत्रमा तलब माग फाराम भर्न भनिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।
‘यस उपमहानगरपालिका अन्तरगत संचालित सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरुको २०८२ साल माघ महिनाको तलब भत्ता निकासाको लागि तपशील बमोजिमका कागजातहरु सहितको माग फाराम मिति २०८२ साल माघ २७ गतेभत्रि अनिवार्य रुपमा यस कार्यालयमा पेश गर्नु हुन अनुरोध छ,’ उपमहानगरले पठाएको पत्रमा उल्लेख छ ।
विद्यालयहरुले विद्यालयको पत्र, तलब माग फाराम, माघ महिनाको हाजिरीको प्रमाणित प्रतिलिपी र २०८२ साल माघ महिनाभित्र अनिवार्य अवकाश भएका, सरुवा भइ गएका, आएका र स्वेच्छिक राजीनामा दिएका शिक्षकहरुको जानकारी बोधार्थ पत्र पनि संलग्न गरी फाराम भर्न उपमहानगरपालिकाले भनेको छ ।







