Odapalika - The Fourth Estate - चौथो अंग
इरानमा इजरायल-अमेरिकी आक्रमण : सात उच्चपदस्थ अधिकारीसमेत मारिएको आशंका

काठमाडौं । अमेरिका र इजरायलको आक्रमणमा परी इरानका सात उच्चपदस्थ इरानी अधिकारी मारिएका छन् ।

इजरायली सेनाका प्रवक्ता एफी डेफ्रिनले टेलिभिजन सम्बोधनमार्फत इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनईसँगै सात अधिकारी मारिएको दाबी गरेका हुन् ।

इजरायलले मारेको दाबी गरेका व्यक्तिहरूमध्ये सबैभन्दा प्रमुख अली सामखानी हुन्, जो इरानको राष्ट्रिय सुरक्षा परिषद्का पूर्वसचिव र सर्वोच्च नेता खामेनेईका निकट सल्लाहकार हुन् । 

सामखानी सन् २०२५ जुनमा तेहरानस्थित उनको घरमा भएको इजरायली आक्रमणमा जोगिएका थिए ।

डेफ्रिनले इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स कमान्डर मोहम्मद पाकपुर र इरानका रक्षामन्त्री अमिर नासिरजादेह पनि मारिएको दाबी गरेका छन् ।

उनले थप जानकारी दिँदै इजरायली युद्धक विमानहरूले इरानभरका धेरै स्थानहरू, विशेष गरी मिसाइल प्रक्षेपण स्थललाई निशाना बनाएको बताए ।  

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update