काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा हेलिकोप्टर दुर्घटनामा परेको छ ।
खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो । काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको गाउँपालिकाका अध्यक्ष समीर राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०८२ १३:१०
प्रतिक्रिया दिनुहोस्







